काठमाडौं : गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी हेडक्वार्टरको निरीक्षण गरेका छन् । सोमबार हलचोकस्थित सशस्त्र प्रहरी हेडक्वार्टर पुगेर शर्माले निरीक्षण गरेका हुन् ।
निरीक्षण भ्रमणका क्रममा गृहसचिव शर्माले संगठनको कार्यसम्पादन, सुरक्षा तथा परिचालन अवस्था एवं विपद् व्यवस्थापनसम्बन्धी तयारीबारे जानकारी लिएका छन् ।
गृहसचिव शर्माले सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरूसँग अन्तरक्रिया गरेर आवश्यक निर्देशन दिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij