Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

प्रधानमन्त्रीसँग छलफल गरेर निस्कँदै गर्दा गाउँपालिका अध्यक्ष पक्राउ

प्रधानमन्त्रीसँग छलफल गरेर निस्कँदै गर्दा गाउँपालिका अध्यक्ष पक्राउ

काठमाडाैं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन् । उनी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग बाढी प्रभावित क्षेत्रको अवस्थाबारे छलफल गरेर सिंहदरबारबाट बाहिरिने क्रममा पक्राउ परेका हुन् ।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार तामाङलाई सिंहदरबारको गेटबाट नियन्त्रणमा लिएर दरबारमार्ग प्रहरी वृत्तमा बुझाइएको छ । उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हाे ।

प्रहरीका अनुसार अरुण अर्यालको जाहेरीका आधारमा अघि बढेको अनुसन्धानका क्रममा तामाङको संलग्नता देखिएको भन्दै पक्राउ अनुमति मागिएको थियो । जाहेरी तथा बैंकिङ कारोबारसम्बन्धी विवरणका आधारमा अनुसन्धान आवश्यक देखिएपछि प्रहरीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ अन्तर्गत पक्राउ अनुमति मागेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट