Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए

रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए

काठमाडौँ :  रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न १९ वटा स्वास्थ्य संस्थामा भर्ना भएका ३४१ बिरामीमध्ये २७८ जना उपचारपछि निको भई घर फर्किएका छन् ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सोमबार जारी गरेको प्रतिवेदनअनुसार घाइते तथा बिरामी परेकामध्ये हाल २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उपचारका क्रममा चार जनाको मृत्यु भएको छ ।

त्यसैगरी बाढी प्रभावित क्षेत्रमा महामारी फैलन नदिन स्वास्थ्य मन्त्रालयले हैजा विरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ । नुवाकोटमा लक्षित जनसङ्ख्या ७१ हजार ६३५ मध्ये २८ हजार ९९ जना अर्थात् ३९.२२ प्रतिशतले खोप लगाएका छन् । रसुवामा लक्षित ३१ हजार ४७४ मध्ये नौ हजार ७३१ जना अर्थात् ३०.९१ प्रतिशतले खोप पाइसकेका छन् । पछिल्लो २४ घण्टामा एक जनामा कडा झाडापखाला पुष्टि भएको छ ।

चार जिल्लाका ३६ वटा होल्डिङ सेन्टरमा अहिले दुई हजार ८९५ जना आश्रित रहेका छन् । नुवाकोटका २३ सेन्टरमा एक हजार ७०१, काठमाडौँका ३ सेन्टरमा ५८५, धादिङका चार सेन्टरमा ३९० र रसुवामा छ सेन्टरमा २१९ जना बाढीपीडितले आश्रय लिइरहेका छन् ।

हाल बाढी प्रभावितका लागि ३४ वटा टोलीमा १४९ स्वास्थ्यकर्मी खटिएका छन् । हालसम्म सात हजार ७०७ जनाले आकस्मिक चिकित्सा टोलीमार्फत सेवा लिइसकेका छन् । सरकारले प्रभावित नागरिकलाई मानसिक परामर्शका लागि निःशुल्क हेल्पलाइन ११६६ र सुरक्षित मातृत्व परामर्शका लागि १११५ सञ्चालनमा ल्याएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट