काठमाडौँ : प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले उच्च अदालतका तीन र जिल्ला अदालतका १५ न्यायाधीशको सरुवा सिफारिस गरेको छ।
बैठकले उच्च अदालत विराटनगरका न्यायाधीश महेन्द्रनाथ उपाध्यायलाई उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगञ्ज), मुरारीबाबु श्रेष्ठलाई उच्च अदालत जनकपुर र रितेन्द्र थापालाई उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगञ्ज) मा सरुवा सिफारिस गरेको छ।
न्यायाधीश नातिबाबु लामिछानेलाई उच्च अदालत पाटनमा काज सरुवा गरिएको छ। गोकर्ण डाँगी, शकुन्तला घिमिरे र अर्जुन अधिकारीलाई सर्वोच्च अदालतमा काज सरुवा सिफारिस गरिएको छ। जिल्ला अदालततर्फ किशोर घिमिरे, दीपक ढकाल, सन्तोषप्रसाद पराजुलीसहित १५ जना न्यायाधीशको सरुवा सिफारिस भएको छ।
न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतका सहरजिष्ट्रारद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई रजिष्ट्रार पदमा सिफारिस गर्ने निर्णय गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij