Logo

Sep 18 2026 | २०८३, आश्विन २गते

चितवनमा तेल ट्यांकर र मोटरसाइकल ठोक्किँदा दुई भाइको मृत्यु

चितवनमा तेल ट्यांकर र मोटरसाइकल ठोक्किँदा दुई भाइको मृत्यु

चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका–७, वीरेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्गमा तेल ट्यांकर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

बिहीबार साँझ करिब ७:४५ बजे भण्डाराबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००३ प ०२७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ६६०१ नम्बरको तेल ट्यांकर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

912cf7b6-d7d7-4b42-bfab-a037b3e9f9f4.jfif

दुर्घटनामा खैरहनी नगरपालिका–१० बस्ने अन्दाजी ३३ वर्षीय शक्ति चौधरी र उनका भाइ अन्दाजी २९ वर्षीय नसिब चौधरी गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते दुवै जनालाई तत्काल उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको थियो। उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले ठक्कर दिने ट्यांकर र चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij