Logo

Sep 18 2026 | २०८३, आश्विन २गते

चितवनमा दुई महिनामा ९२ जनामा डेङ्गु संक्रमण

चितवनमा दुई महिनामा ९२ जनामा डेङ्गु संक्रमण

चितवन : चालु आर्थिक वर्षको पछिल्लो दुई महिनामा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार यस अवधिमा ८८६ जनाको नमुना परीक्षण गर्दा ९२ जनामा डेङ्गु संक्रमण देखिएको हो । संक्रमितमध्ये ७८ जना चितवनका रहेका छन् भने बाँकी अन्य जिल्लाका रहेको उहाँले जानकारी दिनुभयो ।

जिल्लाभित्र सबैभन्दा बढी डेङ्गु संक्रमण रत्ननगर नगरपालिकामा देखिएको छ । रत्ननगरमा ३० जना संक्रमित भेटिएका छन् । त्यस्तै, सबैभन्दा कम कालिका नगरपालिकामा दुई जनामा डेङ्गु संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

एक सय ९१ जनामा स्क्रब टाइफस संक्रमण

यसैबीच, जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १९१ जनामा स्क्रब टाइफस संक्रमणसमेत पुष्टि भएको छ ।

किट नियन्त्रक केसीका अनुसार एक हजार १४ जनाको नमुना परीक्षण गर्दा १९१ जनामा स्क्रब टाइफस संक्रमण देखिएको हो । संक्रमितमध्ये ११८ जना चितवनका रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij