काठमाडौँ : काठमाडौँ, ओखलढुङ्गा, खोटाङ, झापा र म्याग्दीका विभिन्न स्थानमा छ जना मृत फेला परेका छन्। काठमाडौँको चन्द्रागिरि, ओखलढुङ्गाको मानेभञ्ज्याङ, खोटाङको हलेसी तुवाचुङ, झापाको बिर्तामोड र गौरादह तथा म्याग्दीको मंगला गाउँपालिकामा शव फेला परेका हुन् । प्रहरीले सबै घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । काठमाडौँ। काठमाडौँ, ओखलढुङ्गा, खोटाङ, झापा र म्याग्दीका छुट्टाछुट्टै स्थानमा गरी छ जना मृत अवस्थामा फेला परेका छन्।
काठमाडौँको चन्द्रागिरि नगरपालिका-११ सिप्रदी अगाडि सडक पेटीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ सोक्माटारस्थित दुधकोशी नदीको किनारमा पनि हाल नाम, थर र वतन नखुलेका अर्का एक पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्।
यसैगरी खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ सिमलटोल बस्ने ६० वर्षीया उत्रसरा राई आफ्नै घर र ग्वाली बीचको प्यासेजमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।झापाको बिर्तामोड नगरपालिका-१ श्री कृष्ण टोलस्थित बाटो छेउमा सोही नगरपालिका-१ सिनेप्लाजा नजिक बस्ने ४८ वर्षीय बिकाश पोख्रेल बिहीबार मृत अवस्थामा फेला परेका छन् । झापकै गौरादह नगरपालिका-८ जुरोपानी बस्ने ७० वर्षीया रूपसरी राजवंशी पनि आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै म्याग्दीको मंगला गाउँपालिका-२ सिमस्थित सडकमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij