काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले ‘जेनजी’ उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी छ ।
जारी अन्तरक्रियामा पछिल्लो प्रविधिको प्रयोग, डिजिटल सुशासन, युवा स्वरोजगार र स्टार्टअप नीति लगायतका विषयमा छलफल भइरहेको छ। युवालाई रोजगारी तथा उद्यमसँग जोड्ने र सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने विषयमा पनि सांसदहरूसँग विचार आदानप्रदान भइरहेको जनाइएको छ।
त्यस्तै, प्राविधिक शिक्षाको विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने विषयले पनि छलफलमा प्राथमिकता पाएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा युवामैत्री तथा प्रभावकारी नीति निर्माणका विषयमा समेत धारणा आदानप्रदान भइरहेको बताइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij