Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु

करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु

बारा :बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ । घटनामा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेका अनुसार शुक्रबार दिउँसो करिब १२ बजे स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश रामले आफ्नै घरमा टिभी चलाउन खोज्दा तार सर्ट भएर करेन्ट लागेको थियो ।

गम्भीर घाइते भएका आकाशलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । अस्पताल पुर्‍याउँदा चिकित्सकले ईसीजी परीक्षणपछि उनको बाटोमै मृत्यु भइसकेको जनाएको डीएसपी घलेले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट