Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

विपद्‍बाट चार दिनमा १५ जनाको मृत्यु

विपद्‍बाट चार दिनमा १५ जनाको मृत्यु

काठमाडौँ : देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्‍बाट चार दिनमा १५ जनाको मृत्यु भएको छ। विपद्‍मा परी बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेश प्रदेशमा एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।

विपद्का घटनामा चार जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

बाढी, पहिरो तथा डुबानमा परेका एक हजार २८४ जनाको उद्धार गरिएको छ। अन्य सुरक्षा निकाय र स्थानीयको समन्वयमा बाढी पहिरोको जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका भौतिक सामग्री निकालेर सुरक्षित गर्ने काम भइरहेको प्रवक्ता काफ्लेले बताए। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट