Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

कांग्रेसको केन्द्रीय सदस्यमा चुनाव लडेकी बिनिता खड्का पक्राउ

कांग्रेसको केन्द्रीय सदस्यमा चुनाव लडेकी बिनिता खड्का पक्राउ

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव लडेकी बिनिता खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूराे(सीआईबी)ले पक्राउ गरेको छ । खुला महिला तर्फबाट उम्मेदवार रहेकी खड्कालाई ब्यूरोको टोलीले राष्ट्रिय सभागृह नजिकैबाट शुक्रबार पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीका लागी इजरायल पठाउने प्रलोभन देखाएर ठगेको घटनामा संलग्न रहेकाे खुलेपछि खड्कालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता (एसएसपी) अनुपम शमशेर जबराले रातोपाटीलाई बताए । सो प्रकरणमा प्रहरीले यसअघि ४ जनालाई पक्राउ गरेको थियो।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम  दुरुपयोग गरेर ठगेको आरोपमा यसअघि कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि भरत चौलागाईं, बालिका सिवाकोटी, ज्ञान बहादुर कार्की र शिवराम श्रेष्ठ पक्राउ परेका थिए ।


केयर गिभरको रोजगारीका लागी इजरायलमा पटाउँछौँ भनेर आरोपीहरूले २ करोड ५० लाख ठगी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका सिवाकोटीले आफूले सङ्कलन गरेको रकम मध्ये डेढ करोड रुपैयाँ नगद भरत चौलागाईंलाई दिएको बयानमा खुलाएकी छन् । अर्की आरोपी खड्काले पनि ठगीको रकम बाँडफाँड गरेर लिएको खुलेको एसएसपी जबराले बताए ।

चौलगाईं सोज १ मा रामेछापको मन्थलीबाट पक्राउ परेका थिए । वैदेशिक रोजगारीका लागी नेपालबाट इजरायलमा कामदार पठाउन सरकारले सन् २०२४ मा परीक्षा लिएको थियो । लक्की ड्र मार्फत २ हजार ९९ जना छानिएका थिए । त्यतिबेला लक्की ड्रमा नपरेका १५६ जनालाई ‘हामी पठाइदिन सक्छौँ’ भनेर चौलागाईंको समूहले रकम असुलेको हो। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij