Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चितवनमा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

चितवनमा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

चितवन :चाडपर्वको समयमा यात्रुहरूलाई पर्न सक्ने समस्या समाधान गर्ने उद्देश्यले चितवनमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चाडपर्व लक्षित यात्रु सहायता कक्ष शुभारम्भ गरेका हुन्।

चाडपर्वका समयमा यात्रुहरूले भोग्नुपर्ने समस्या समाधान, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। यात्राका क्रममा यात्रुहरूले भोग्न सक्ने समस्याको समाधान गर्दै सुरक्षित र सहज यात्राको वातावरण बनाउन यात्रु सहायता कक्षले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij