Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

महाराजगञ्जको ‘मन्त्र थकाली’ मा किरा भेटिएपछि २ लाख ५० हजार जरिवाना, ७ दिनभित्र सुधारसहित उपस्थित हुन निर्देशन

महाराजगञ्जको ‘मन्त्र थकाली’ मा किरा भेटिएपछि २ लाख ५० हजार जरिवाना, ७ दिनभित्र सुधारसहित उपस्थित हुन निर्देशन

काठमाडौं : खानामा किरा भेटिएको गुनासोको आधारमा गरिएको अनुगमनका क्रममा गम्भीर कैफियत भेटिएपछि काठमाडौंको महाराजगञ्जस्थित ‘मन्त्र थकाली’ (ग्रिन तारा हस्पिटालिटी प्रालि) लाई अढाई लाख रुपैयाँ जरिवाना गरिएको छ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा फोनमार्फत प्राप्त उजुरी गुनासोलाई सम्बोधन गर्न विभागको र्यापिड रेस्पोन्स टिम (RRT) ले मिति २०८३ साल असोज २४ गते आकस्मिक निरीक्षण गरेको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीद्वारा गरिएको उक्त अनुगमनका क्रममा रेस्टुरेन्टको भान्सामा व्यापक अनियमितता र लापर्बाही भेटिएको हो।

अनुगमनको क्रममा रेस्टुरेन्टको भान्सा कोठाको सरसफाइको अवस्था अत्यन्तै सन्तोषजनक नभएको पाइएको थियो। त्यहाँ पकाइएका खाद्य पदार्थहरू नछोपी भण्डारण गरिएको थियो भने फ्रिज तथा भान्सा कोठामा साङ्ला र भुसुना जस्ता किटजन्य पदार्थहरू भेटिएका थिए। त्यसैगरी, किचेनको ड्रेनेज (ढल निकास) को सरसफाइ पनि सन्तोषजनक नरहेको र फ्रिजमा खाद्य वस्तुहरूको अव्यवस्थित भण्डारण गर्नुका साथै खुला एवं फोहोर डस्टबिन राखिएको पाइएको थियो। साथै, फ्राइड आलु मसीजन्य कागज (पत्रिका) मा भण्डारण गरिएको पाइएकोले खानामा किरा पर्ने उच्च सम्भावना देखिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट