Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, एकतर्फी सञ्चालन र एक पूर्ण अवरुद्ध

बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, एकतर्फी सञ्चालन र एक पूर्ण अवरुद्ध

काठमाडौँ  : प्राकृतिक विपद्‌का कारण गण्डकी प्रदेशका दुई राजमार्ग प्रभावित भएका छन्। प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार म्याग्दी र गोरखा जिल्लाका सडक खण्डहरूमा बाढी तथा पहिरोका कारण यातायात सञ्चालनमा समस्या आएको हाे। 

म्याग्दीको रघुगंगा गाउँपालिका-०२ बैसरीस्थित बेनि-जोमसोम सडक खण्डमा गत असोज १० गते पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। हाल उक्त सडक खण्ड एकतर्फी रूपमा सुचारु गराइएको छ।  

त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका-२, ३ र सोही गाउँपालिका-९ नयाँपुल क्षेत्रमा असोज २५ गतेकाे बाढीले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। 

सोतिमा रहेको फलामे पुल तथा आरुघाटबाट धादिङ जोड्ने मुख्य राजमार्ग बाढीका कारण ठप्प भएको हो।   

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट