Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

परराष्ट्रमन्त्री खनाललाई डीएनए परीक्षण किट र एक करोडको चेक हस्तान्तरण

परराष्ट्रमन्त्री खनाललाई डीएनए परीक्षण किट र एक करोडको चेक हस्तान्तरण

काठमाडाैँ : बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष कुल आचार्य र उत्तम नेपालले सरकारलाई डीएनए परीक्षण किट तथा आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालकाे उपस्थितमा आचार्य र नेपालले डीएनए परीक्षण किट साेमरबार सरकारलाई हस्तान्तरण गरिएकाे हाे। सोही अवसरमा उत्तम नेपालले मन्त्री खनालमार्फत सरकारलाई सहयाेग स्वरूप एक करोड रुपैयाँको चेकसमेत हस्तान्तरण गरे।

आचार्य र नेपालले व्यक्तिगत रूपमा उक्त सहयोग उपलब्ध गराएका हुन्। सहयोगका लागि दुवै जनाप्रति आभार व्यक्त गर्दै परराष्ट्रमन्त्री खनालले प्राप्त डीएनए परीक्षण किट र आर्थिक सहयोगले सरकारको उन्नत डीएनए परीक्षण तथा अनुसन्धानसम्बन्धी क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट