काठमाडौं : कोरियाली सौन्दर्य प्रविधि र सीपमा आधारित के–ब्युटी तालिम नेपालमै सुरु हुने भएको छ । नेपाली युवायुवतीलाई अन्तर्राष्ट्रियस्तरको सौन्दर्य सीप प्रदान गर्ने उद्देश्यले ओपाल ग्लोबल स्किल्स एकेडेमीले उक्त तालिम सञ्चालनमा ल्याउन लागेको हो ।‘तपाईंको सौन्दर्य करियर सियोल शैलीमा सुरु हुन्छ’ भन्ने नारासहित अघि बढेको एकेडेमीले नोभेम्बर १ देखि तालिम सुरु गर्ने जनाएको छ ।तालिमअन्तर्गत ल्याश पर्म, एस्थेटिक केयर, लेजर, कार्बन पिलिङ र सेमी–पर्मानेन्ट मेकअपजस्ता आधुनिक सौन्दर्य प्रविधि सिकाइनेछ । सौन्दर्य क्षेत्रमा करियर बनाउन चाहने युवायुवतीलाई लक्षित गरी सञ्चालन गर्न लागिएको तालिमले उनीहरूको रुचिलाई व्यावसायिक सीपमा रूपान्तरण गर्न सहयोग पुग्ने एकेडेमीको अपेक्षा छ ।
तालिमको मुख्य आकर्षण कोरियाली सौन्दर्य विशेषज्ञबाट प्राप्त हुने प्रशिक्षण हो । कोरियास्थित बोमडाम ब्युटी एन्ड के–ब्युटीकी विशेषज्ञ मिक्युङको सहभागिताले तालिममा अन्तर्राष्ट्रिय अनुभव र प्रविधि समेटिने एकेडेमीले जनाएको छ ।यसअघि मिक्युङको सहभागितामा निःशुल्क के–ब्युटी वेबिनारसमेत आयोजना गरिएको थियो । उक्त वेबिनारमा सहभागीहरूले कोरियाली सौन्दर्य प्रविधि, आधुनिक सौन्दर्य सेवाका अभ्यास र यस क्षेत्रमा करियर निर्माणका सम्भावनाबारे जानकारी लिएका थिए ।
एकेडेमीका अनुसार तालिमको उद्देश्य प्रमाणपत्र प्रदान गर्नुमा मात्रै सीमित छैन । सहभागीलाई आवश्यक सीप, आत्मविश्वास र व्यावसायिक दक्षता प्रदान गरी सौन्दर्य क्षेत्रमा करियर सुरु गर्न सक्षम बनाउनु यसको मुख्य लक्ष्य हो ।
रोजगारीसँगै स्वरोजगारको अवसर
सौन्दर्य तथा व्यक्तिगत हेरचाहसम्बन्धी सेवाको माग बढ्दै गएको अवस्थामा आधुनिक के–ब्युटी सीपले युवायुवतीलाई रोजगारीसँगै स्वरोजगार र उद्यमशीलताको अवसर प्रदान गर्न सक्ने एकेडेमीको विश्वास छ ।तालिमपछि सहभागीले आफ्ना सैलुनमा सौन्दर्य सेवाको दायरा विस्तार गर्नेदेखि आफ्नै ब्युटी स्टुडियो, सैलुन वा एस्थेटिक व्यवसाय सञ्चालन गर्नेसम्मका सम्भावना खोज्न सक्नेछन् ।
‘इन्टरनेसनल स्ट्यान्डर्ड्स ब्युटी एकेडेमी इन नेपाल’ को अवधारणासहित अघि बढेको ओपाल ग्लोबल स्किल्स एकेडेमीले नेपाली युवालाई नेपालमै अन्तर्राष्ट्रियस्तरको सौन्दर्य सीप प्रदान गरी विश्वस्तरीय प्रतिस्पर्धाका लागि तयार गर्ने लक्ष्य राखेको जनाएको छ ।नेपालमै पहिलोपटक यस्तो अवसर उपलब्ध गराउने उद्देश्यसहित अघि बढाइएको के–ब्युटी तालिम सौन्दर्य क्षेत्रमा आफ्नो भविष्य खोजिरहेका युवायुवतीका लागि नयाँ अवसर बन्न सक्ने एकेडेमीको विश्वास छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij