काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चितवन राइनोजका डेविड मलान ७० रन बनाएर आउट भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलानले ५० बलमा ५ चौका र ५ छक्काको मद्दतमा ७० रन बनाएका हुन् । उनलाई विराटनगरका आन्द्रे रसेलले आउट गरेका छन् ।
मलान आउट हुँदा चितवनले १२.२ ओभरमा ३ विकेट गुमाएर ९० रन बनाएको छ । मलानले चितवनको इनिङ्सलाई सम्हाल्दै आक्रामक ब्याटिङ गरेका थिए ।
यसअघि चितवनका ओपनर देव खनाल १२ रन बनाएर आउट भएका थिए भने अर्जुन साउदले ३ रन मात्रै बनाउन सके । विराटनगरका बलरले सुरुवाती विकेट लिए पनि मलानले लामो समय क्रिजमा टिकेर चितवनको रन बढाएका थिए ।
मलानको विकेटसँगै चितवनले महत्त्वपूर्ण ब्याटर गुमाएको छ । अब चितवनको मध्यक्रमले इनिङ्स सम्हाल्दै प्रतिस्पर्धात्मक योगफलतर्फ टोलीलाई अघि बढाउनुपर्नेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij