काठमाडौँ : शक्तिशाली चक्रवात अर्नबको वितण्डाका कारण भारतको आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु भएको छ भने ३१ वटा घरमा क्षति पुगेको छ । राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) का वरिष्ठ अधिकारीका अनुसार तटीय राज्य आन्ध्र प्रदेशका ७१४ वटा गाउँ यस आँधीबाट प्रभावित भएका छन् ।अत्यधिक प्रभावित हुने अनुमान गरिएका आन्ध्र प्रदेश र ओडिसाका साथै छत्तीसगढ, झारखण्ड, पुडुचेरी, तेलङ्गाना र अन्डामान तथा निकोबार द्वीपसमूहमा पनि एनडीआरएफ टोली परिचालन गरिएको छ ।
एनडीआरएफका महानिरीक्षक (आईजी) नरेन्द्र सिंह बुन्देलाले पत्रकार सम्मेलनमा यी सबै क्षेत्रमा गरी कुल ३९ वटा टोली खटाइएको जानकारी दिएका छन् । उनका अनुसार गएराति थप चार वटा टोली आन्ध्र प्रदेश पठाइएको छ ।चक्रवात अर्नब दक्षिणी राज्य आन्ध्र प्रदेशको तटीय क्षेत्रमा ठोक्किएको थियो । तटीय क्षेत्रमा ठोक्किएपछि यो अति गम्भीर चक्रवाती आँधीबाट केही कमजोर भई गम्भीर चक्रवातमा परिणत भएको जनाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij