Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

३८ बलमै ११३ रन बनाएका अभिषेक शर्मा टी–२० ब्याटिङ वरीयताको नम्बर एकमा

३८ बलमै ११३ रन बनाएका अभिषेक शर्मा टी–२० ब्याटिङ वरीयताको नम्बर एकमा

काठमाडौं : भारतीय ओपनर अभिषेक शर्मा आईसीसीको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको ब्याटिङ वरीयतामा शीर्ष स्थानमा उक्लिएका छन् । आईसीसीले सार्वजनिक गरेको पछिल्लो टी-२० अन्तर्राष्ट्रिय ब्याटरको वरीयतामा अभिषेक एक स्थान सुधार गर्दै पहिलो नम्बरमा पुगेका हुन् । लामो समयदेखि शीर्ष स्थानमा रहेका अर्का भारतीय ब्याटर ईशान किशन भने दुई स्थान तल झर्दै तेस्रो नम्बरमा पुगेका छन् ।अभिषेकले न्युजिल्यान्डविरुद्धको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा विस्फोटक ब्याटिङ गरेको भोलिपल्टै वरीयताको शीर्ष स्थान हासिल गरेका हुन् । उक्त खेलमा उनले मात्र ३८ बलमा ११३ रनको शानदार पारी खेलेका थिए ।

वरीयतामा पाकिस्तानका ब्याटर साहिबजादा फरहान दोस्रो स्थानमा छन् । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आएका पाकिस्तानी टी-२० टिमका कप्तान समेत रहेका फरहान प्रतियोगिता सुरु हुनु अगाडि नै स्वदेश फर्किएका थिए । कर्णाली याक्समा आवद्ध भएका फरहान नो अब्जेसन लेटर (एनओसी) समेत पाइसकेर नेपाल आएका थिए । तर प्रतियोगिताको पूर्वसन्ध्यामा पिसिबीले नयाँ शर्त राखेर खेलाडीहरुको एनओसी होल्ड गरिदियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट