काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला तीन हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार तीन हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतिदश ग्राम दुई लाख ४३ हजार ५५ रुपैयाँ र चाँदीको मूल्य प्रतिदश ग्राम तीन हजार ३६९ रुपैयाँ कायम भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij