Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

चार दिनमा सुन तोलामा ५ हजार महँगियो, आज कति बढ्यो ?

चार दिनमा सुन तोलामा ५ हजार महँगियो, आज कति बढ्यो ?

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य लगातार चौथो दिन बढेको छ । बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार पछिल्लो चार दिनमा सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ । बुधबार सुन तोलामा ९०० रुपैयाँ बढेर २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको थियो । मंगलबार ८०० रुपैयाँ र सोमबार ३ हजार रुपैयाँले सुन महँगिएको थियो ।

यद्यपि, साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँ घटेको थियो । यसैबीच, चाँदीको मूल्य भने बिहीबार घटेको छ । महासंघका अनुसार चाँदी तोलामा ४० रुपैयाँले घटेर ३ हजार ९३० रुपैयाँमा झरेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ९७० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij