Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

चितवनमा बलेरो  जीप दुर्घटना हुँदा २५ जना घाइते

चितवनमा बलेरो  जीप दुर्घटना हुँदा २५ जना घाइते

चितवन : चितवनको राप्ती नगरपालिका–५ सिपडाँडामा बुलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुकबार अपराह्न करिब ४:३० बजे राप्ती नगरपालिका–५ भण्डाराबाट वडा नं. ११ थाकलटारतर्फ जाँदै गरेको बा.प्र.०१–०३५ च २८८६ नम्बरको बलेरो जीप अनियन्त्रित भई दुर्घटना भएको हो।

सिपडाँडास्थित भित्री सडकखण्डबाट करिब ५० मिटर तल खोल्सामा खस्दा जीपमा सवार २५ जना घाइते भएका प्रहरीले जनाएको छ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको र उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको नाम र ठेगाना खुल्न बाँकी रहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij