Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

एनपीएलमा आज शिर्ष स्थानको लुम्बिनी र काठमाडौं भिड्दै

एनपीएलमा आज शिर्ष स्थानको लुम्बिनी र काठमाडौं भिड्दै

काठमाडौं : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एकमात्र खेल हुनेछ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजेपछि हुने खेलमा साबिक विजेता लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज भिड्नेछन् ।

लुम्बिनी रोहित पौडेल र काठमाडौं करण केसीको नेतृत्वमा मैदान उत्रनेछ।चार खेलबाट ७ अंक जोडेर शिर्षस्थानमा रहेको लुम्बिनी आजको खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ। काठमाडौं भने ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ। काठमाडौं पनि आजको खेल जितेर दोस्रो स्थानमा पुग्ने लक्ष्यमा हुनेछ ।

प्रतियोगितामा आठ टोली सहभागी छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट