Logo

Nov 09 2026 | २०८३, कार्तिक २४गते

तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प, कहिले खुल्छ सडक ?

तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प, कहिले खुल्छ सडक ?

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डमा ठूलो सुक्खा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । तिहारको समयमा सडक अवरुद्ध भएपछि यात्रुहरू प्रभावित भएका छन् ।सोमबार बिहानै घोप्टेभीरमा ठूलो सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्धकोमा सवा १० बजे यो समाचार तयार पार्दासम्म पनि ठप्पै छ ।

नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार पहिरो हटाउन अहिले तीनवटा मेसिन परिचालन गरिएको छ । थप दुईवटा मेसिन परिचालन गर्ने तयारी भइरहेको छ ।बिहान ९:१५ को विवरणअनुसार थप पहिरो नखसेको अवस्थामा करिब तीन घण्टामा पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने अनुमान गरिएको छ । यस आधारमा कम्तीमा पनि सवा १२ बजेसम्म सडक नखुल्ने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij