Logo

Nov 09 2026 | २०८३, कार्तिक २४गते

पटका पड्काउँदा पर्सामा पाँच वर्षीय बालकको मृत्यु

पटका पड्काउँदा पर्सामा पाँच वर्षीय बालकको मृत्यु

वीरगन्ज : दीपावलीका अवसरमा पटका पड्काउने क्रममा पर्सामा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।जिल्लाको पकहाँमैनपुर गाउँपालिकामा सोमबार बिहान पटका पड्काउने क्रममा जलेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालका अनुसार पकहाँमैनपुर गाउँपालिका–२, मधुबनीका स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको पटका पड्काउने क्रममा जलेर मृत्यु भएको हो । 

अर्यालका अनुसार पटका पड्काउने क्रममा बालकको शरीरमा आगो लागेको थियो । जलेर बेहोस भएका उनलाई उपचारका लागि वीरगन्जस्थित तराई अस्पतालमा भर्ना गरिएको थियो ।उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij