Logo

Nov 09 2026 | २०८३, कार्तिक २४गते

लागुऔषधसहित ९ जना पक्राउ

लागुऔषधसहित ९ जना पक्राउ

काठमाडौँ : नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई नियन्त्रणमा लिएको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–१६ बाट एक, मोरङको बेलबारी नगरपालिका–२ कबिर टोल र बेलबारी नगरपालिका–७ पानी ट्याङ्कीबाट एक–एक, सिराहाको भगवानपुर गाउँपालिका–४ बलान खोलाबाट एक, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कुण्डाबाट एक, बर्दियाको गुलरिया नगरपालिका–११ डल्लापुरबाट एक, झापाको बिर्तामोड नगरपालिका–५ सुर्यदल टोलबाट दुई र स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपधेराबाट एक जना पक्राउ परेका छन्।

प्रहरीले उनीहरूको साथबाट लागुऔषध गाँजा र खैरो हेराइन तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने औषधि ट्रामाडोल, स्पास्पेन, बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट