Logo

Nov 09 2026 | २०८३, कार्तिक २४गते

गाईपूजाले सहअस्तित्व र संरक्षणको चेतना दिन्छ : अध्यक्ष ओली

गाईपूजाले सहअस्तित्व र संरक्षणको चेतना दिन्छ : अध्यक्ष ओली

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गाईपूजाले मानव तथा प्राणी जगत्बीचको सहअस्तित्व, कृतज्ञता र संरक्षणको सांस्कृतिक चेतना अभिवृद्धि गर्ने बताएका छन्।यमपञ्चकअन्तर्गतको गाई तिहारका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री ओलीले वैदिक परम्परादेखि नेपाली लोकजीवनसम्म गाईलाई मातृत्व, करुणा, पोषण र समृद्धिको प्रतीकका रूपमा श्रद्धा गरिँदै आएको उल्लेख गरेका छन्।

उनले गाईपूजा धार्मिक आस्थामा मात्र सीमित नभई जीव र प्रकृतिसँगको आत्मीय सम्बन्ध, ऋतुसँगै विकसित जीवनपद्धति तथा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सभ्यताको स्मृतिसमेत भएको बताए।गाईपूजा मानव तथा प्राणी जगत्बीचको सहअस्तित्वलाई आत्मसात् गर्ने सांस्कृतिक अनुष्ठान भएको उल्लेख गर्दै अध्यक्ष ओलीले गाईपूजा तथा तिहारका अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट