Logo

Nov 09 2026 | २०८३, कार्तिक २४गते

सवारी दुर्घटना: ७ जनाको मृत्यु, २०६ घाइते (मृतकको नामावली)

सवारी दुर्घटना: ७ जनाको मृत्यु, २०६ घाइते (मृतकको नामावली)

गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ७ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा गाडी दुर्घटनामा परेर २ सय ६ जना घाइते भएका प्रहरीले जनाएको छ। दुर्घटनामा परेर काठमाडौँ, नवलपरासीपूर्व, कास्की, कपिलवस्तु र बर्दियामा गरेर ७ जनाको मृत्यु भएको हो। दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा मात्रै २ जनाको मृत्यु हुँदा १९ जना घाइते भएका छन्। 

त्यसैगरी बागमती प्रदेशका बाँकी जिल्ला ८ जना, गण्डकीमा १४, कर्णालीमा ९, सुदूरपश्चिममा २६, लुम्बिनीमा ४३, मधेसमा ३६ र कोसी प्रदेशमा ४७ जना घाइते भएका प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। 

हेर्नुहोस् ७ जना मृतकको विवरण

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट