काठमाडौं : चितवन राइनोजविरुद्ध १० रनको रोमाञ्जक जित निकाल्दै काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा शीर्ष स्थानमा उक्लिएको छ ।
यो जितसँगै काठमाण्डूले प्रतियोगितामा आठ अंक जोडेको छ । टोलीले पाँच खेलमा चार जित र एक हारसहित यो नतिजा आत्मसाथ गरेको हो । शीर्ष स्थानमा उक्लिएसँगै टोलीको प्लेअफ सम्भावना पनि बलियो बनेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाण्डूले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij