Logo

Nov 09 2026 | २०८३, कार्तिक २४गते

परराष्ट्रमन्त्री र इथियोपियाका विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र इथियोपियाका विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) का अवसरमा इथियोपियाका विदेशमन्त्री गेडियन टिमोथियोससँग द्विपक्षीय भेटवार्ता गरेका छन्।भेटका क्रममा परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनका कारण नेपालमा हालै भएका विनाशकारी विपद्पछि नेपालप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेकामा इथियोपिया सरकार तथा त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गरे।

उनले समानता, साझा वातावरणीय उत्तरदायित्व र बहुपक्षीय साझेदारीमा आधारित विश्वव्यापी जलवायु कार्यलाई कोप-३१ तथा इथियोपियाको आगामी कोप अध्यक्षताका क्रममा अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताए।

भेटमा दुवै देशबिचको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको थियो।  सो अवसरमा जलवायु परिवर्तन, अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति, व्यापार, हवाई सम्पर्क विस्तार, पर्यटन तथा जनस्तरको सम्बन्ध अभिवृद्धिलगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij