Logo

Nov 20 2026 | २०८३, मंसिर ५गते

निर्वाचन प्रहरीको जुत्ता खरिद विवादमा सांसद विदुषी राणाको कम्पनी पनि जोडियो

निर्वाचन प्रहरीको जुत्ता खरिद विवादमा सांसद विदुषी राणाको कम्पनी पनि जोडियो

काठमाडौं : निर्वाचन प्रहरीको पोशाक खरिदका बारेमा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल र आईजीपी दानबहादुर कार्कीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन भइरहेका समाचार बारम्बार आइरहेका छन् ।निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमितताबारे अध्ययन गर्न रास्वपा सांसद मनिष झाको नेतृत्वमा छुट्टै संसदीय उपसमिति पनि बनेको छ । तर समितिको प्रतिवेदन समेत नपर्खी सरकारले प्रहरी महानिरीक्षक परिवर्तन गरेको छ ।निर्वाचन प्रहरीको पोशाकदेखि जुत्ता खरिदमा अनियमितता भएकोबारेमा अख्तियारलाई प्रधानमन्त्रीको सचिवालयबाट मुद्दा दर्ता गर्न चर्को दबाब परिरहेका समाचार पनि बाहिरिएका छन् । तर प्रधानमन्त्री वालेन्द्र शाहनिकट सांसद बिदूषी राणासमेत निर्वाचन प्रहरीको खरिदमा तानिनुपर्ने भएको छ ।

निर्वाचन प्रहरीको बन्दोबस्तीका सामानमा बिदूषी राणाको किरण सुज म्यानुफ्याक्चर्सको गोल्डस्टार जुत्ता पनि समावेश छ । गोल्डस्टार जुत्ता खरिद गर्न स्वयं राणाले हाल सरकारमै रहेका मुख्य मानिसहरुमार्फत् पनि प्रहरी नेतृत्वलाई दबाब दिएको कुरा बयानका क्रममा खुलेमा उनीबिरुद्ध पनि मुद्दा चलाउनुपर्ने हुन्छ ।अरु पोशाक खरिदमा अनियमितता भएको भए गोल्डस्टार जुत्तामा पनि भएकै छ, सांसद खगेन्द्र सुनारले जुत्ता र मोजाको कुरा पनि असभ्यतापूर्वक संसदको सार्वजनिक लेखासमितिमा उठाएकै थिए । उनले जुत्ता मोजामा समेत कमिसन खाएको आरोप लगाएकाले जुत्ता आपूर्ति गर्ने कम्पनी किरण सुजलाई उन्मुक्ति दिने ठाउँ हुनेछैन । दबाब दिएर चयनमुखी अनुसन्धान गरेर जोगाउन खोजे सरकार नै विवादमा पर्नसक्छ ।रास्वपा सांसद विदुषी राणाले पहुँचका आधारमा गोल्डस्टार जुत्ता निर्वाचन प्रहरीलाई खरिद गर्न लगाएको कुरा बयानमा खुलेमा उनले उन्मुक्ति पाउने संभावना कम देखिन्छ ।

नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० निर्वाचन प्रहरी भर्ना गरेकोमा सोही बराबरको संख्यामा राणाको किरण सुजबाट उत्पादित गोल्डस्टार जुत्ता खरिद गरिएको थियो । त्यतिबेला प्रहरी हेडक्वार्टरले अनिवार्य स्वदेशी उत्पादन प्रयोग गर्न निर्देशन दिएपछि गोल्डस्टार जुत्ता खरिद गरिएको थियो । एक लाख ३३ हजार ९ सय ८० जोर जुत्ता खरिदको लागि अन्य जुत्ता कम्पनी पनि भिडेका थिए तर प्रहरी नेतृत्वले स्वदेशी कम्पनीलाई बढावा दिन गोल्डस्टार जुत्ता खरिद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट