काठमाडौँ : असोजमा अहिलेसम्मकै कीर्तिमानी २ खर्ब ६७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।भदौमा २ खर्ब २१ अर्ब भित्रिएको थियो। यसअघिको उच्च गत वैशाखमा २ खर्ब ५७ अर्ब भित्रिएको थियो।
चालु आवको तेस्रो महिना असोजमा चाडबाड तथा रसुवा बाढीका कारण पनि रेमिट्यान्स आप्रवाह बढेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८३/८४ को तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशत वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशत बढेको थियो।
२०८३ असोजमा रेमिट्यान्स आप्रवाह २ खर्ब ६७ अर्ब ३४ करोड छ। गत आव असोजमा २ खर्ब १ अर्ब २२ करोड भित्रिएको थियो।
चालु आवको असोजमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या १ लाख २१ हजार ८७९ र पुन: श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३६९ छ ।
अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या क्रमश: १ लाख २३ हजार ४ ५९ र ७७ हजार २५७ थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij