सुर्खेत : प्रहरीले हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीलाई नियन्त्रणमा लिएको छ । गाउँपालिकाकै एम्बुलेन्स चलाउँदै आएका चंखेली गाउँपालिका—४, का पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी जङ्गबहादुर सिंहले बताए ।उनका अनुसार, बिहीबार अध्यक्ष शाहीले चालक सिंहलाई कुटपिट गरेका थिए । चालक सिंहले लामो समयदेखि आफ्नो पारिश्रमिक नपाएको र अध्यक्षकहाँ माग्न गएको बताइएको छ । सिंह विगत ५र६ वर्ष देखिनै एम्बुलेन्स चालकका रूपमा कार्यरत रहेका छन् ।
अध्यक्षको कुटपिटबाट घाइते भएका सिंहलाई जिल्ला अस्पताल हुँदै उपचारका लागि नेपालगन्ज पठाइएको सूचना अधिकारी सिंहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij