Logo

Nov 21 2026 | २०८३, मंसिर ६गते

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे भारत सरकारको पनि औपचारिक घोषणा

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे भारत सरकारको पनि औपचारिक घोषणा

काठमाडौँ :  प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने राजकीय भ्रमणबारे भारत सरकारले पनि औपचारिक रूपमा घोषणा गरेको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह पर्सि आइतवार भारत भ्रमणमा जान लाग्नुभएको हो ।

आज बिहान परराष्ट्र मन्त्रालयले भ्रमणबारे औपचारिक जानकारी गराएकोमा लगत्तै भारतको विदेश मन्त्रालयले पनि विज्ञप्तिमार्फत प्रधानमन्त्री शाहको भ्रमण मिति सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री शाह र समकक्षी नरेन्द्र मोदीबीच सोमवार बिहान भेटवार्ता हुनेछ । प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार यो भ्रमण र भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुनेछ ।

भारतले नेपालसँगको सम्बन्धलाई आफ्नो ‘छिमेक पहिलो’ नीतिअन्तर्गत विशेष महत्त्व दिँदै आएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij