Logo

Nov 21 2026 | २०८३, मंसिर ६गते

चितवनमा क्षेत्रफल घटेपनि धान उत्पादन बढ्यो, यसवर्ष आठ प्रतिशतको वृद्धि

चितवनमा क्षेत्रफल घटेपनि धान उत्पादन बढ्यो, यसवर्ष आठ प्रतिशतको वृद्धि

चितवन- जिल्लामा धान उत्पादनमा आठ प्रतिशतले वृद्धि भएको छ। जिल्लामा धान उत्पादनको क्षेत्रफल घटे पनि उत्पादन भने बढेको छ।जिल्ला कृषि बिकास कार्यालय, चितवनका अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्षको तुलनमा यस वर्ष ५६ हेक्टर क्षेत्रफल जग्गामा धानखेती कम भए पनि उत्पादन भने बढेको हो। धान लगाउने जमिनमा सुन्तला, कागती र तरकारीखेती गरेकाले क्षेत्रफल घटेको हो।गतवर्ष २७ हजार ३२४ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। यस वर्ष २७ हजार २६८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ। यस वर्ष एक लाख ४७ हजार २५२ दशमलव ३३ मेट्रिकटन धान उत्पादन भएको छ। गतवर्ष एक लाख ३५ हजार ५७६ मेट्रिकटन धान उत्पादन भएको थियो।

जिल्लामा सावा मन्सुली, राम, सावित्री, हर्दिनाथ ५, सावा सव १, गंगोत्री, ताइचुङ, हर्दिनाथ ६, काँशीनाथ, मक्कावाला, कुवेर, कावेरी, गोरखनाथ, एमपिआर ५०५ लगायतका जातको धानखेती गरिएको थियो।यस वर्ष जिल्लामा धानखेतीका लागि उपयुक्त वातावरण बन्नु र रोगको संक्रमण कम रहेका कारण उत्पादन बढेको उनले बताए।उनले यस वर्ष मौसमले साथ दिएको, किसानले समयमा मल प्राप्त गरेको, किसानले धानखेती समयमा भित्र्याउन सकेका कारण उत्पादन बढेको बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij