Logo

Nov 22 2026 | २०८३, मंसिर ७गते

कम्युनिष्ट शक्तिबीच एकता आवश्यक छ : प्रचण्ड

कम्युनिष्ट शक्तिबीच एकता आवश्यक छ : प्रचण्ड

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई अग्रगामी दिशामा लैजान वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताएका छन्।

नेकपाको काठमाडौँमा आयोजित कार्यक्रममा उनले कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुनुको विकल्प नरहेकामा जोड दिए।विगतदेखि नै आफू वामपन्थी शक्तिलाई एकताबद्ध बनाउने प्रयासमा लागिरहेको बताउँदै संयोजक दाहालले यसअघिका त्रुटि सच्याएर अघि बढ्न सबैले प्रण गर्नुपर्ने उल्लेख गरे।

“हिजोको असफलताबाट पाठ सिकेर फेरि एकपटक कम्युनिष्ट एकताको झण्डा उठाउनुपर्छ”, उनले भने।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट