Logo

Nov 22 2026 | २०८३, मंसिर ७गते

नेपाल शिक्षक संगठन इच्छाकामनाको अध्यक्षमा मदन चेपाङ चयन

नेपाल शिक्षक संगठन इच्छाकामनाको अध्यक्षमा मदन चेपाङ चयन

इच्छाकामना :  नेपाल शिक्षक संगठन इच्छाकामना गाउँपालिका कमिटीको तेस्रो एकता गाउँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले मदन चेपाङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।गोरखाको सहिद लखन गाउँपालिका–४ ठेवाटारस्थित रमणीय वनभोज स्थलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षक संगठनका सल्लाहकार तथा नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश सचिवालय सदस्य प्रताप गुरुङले बालेन सरकारले खारेज गर्न खोज्दैमा नेपाल शिक्षक संगठन खारेज नहुने बताउनुभयो। स्थानीय तहमा आफ्नो नेतृत्व नभएकाले संगठन केही कमजोर देखिएको हुन सक्ने उल्लेख गर्दै उहाँले नेपाल शिक्षक संगठन इच्छाकामना यथार्थमा कमजोर नरहेको तथा शिक्षकहरुको मुद्वामा अबिचलित रहेको बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल शिक्षक संगठन केन्द्रीय सचिवालय सदस्य हिरामणि चापागाईं, केन्द्रीय सदस्य ज्योतिनारायण ढकाल, संघीय परिषद् सदस्य ईश्वरविलास अधिकारी, नेकपा बागमती प्रदेश सचिवालय सदस्य सावित्रा सिलवाल, प्रदेश सदस्य पवन गुरुङ, नेकपा इच्छाकामनाका अध्यक्ष रामहरि कडेँललगायतले मन्तव्य राख्नुभएको थियो।

त्यसैगरी नेकपा बागमती प्रदेश सदस्य तथा नेपाल शिक्षक संगठन इच्छाकामनाका फ्याक्शन इन्चार्ज तुलबहादुर गुरुङ, नेकपा प्रदेश सदस्हरु सम्झना खड्का सिलवाल, अप्सरा पौडेल र रामप्रसाद बोहोरालगायतको उपस्थिति रहेको थियो।

नेपाल शिक्षक संगठन इच्छाकामनाका अध्यक्ष हिमलाल अधिकारीले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो भने उपाध्यक्ष नारायण पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो।

अधिवेशनसँगै आयोजित वनभोज कार्यक्रममा शिक्षक तथा संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

906549615_2362680681212866_1238291015547139323_n.jpg

undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट