Logo

Nov 23 2026 | २०८३, मंसिर ८गते

प्रदेश प्रमुख समक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

प्रदेश प्रमुख समक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

काठमाडौँ : नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारत भ्रमणका क्रममा सोमबार यो सहमति भएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको द्विपक्षीय वार्तामा नेपालको लामो समयदेखिको हवाई रुटसम्बन्धी माग सम्बोधन गर्ने सहमति जुटेको हो। दुई देशबीचका प्रधानमन्त्रीको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा हवाई रुटबारे उल्लेख नगरिए पनि केहीबेरअघि जारी संयुक्त वक्तव्यमा भारतले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने उल्लेख छ। काठमाडौँ-भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी दिने सहमति  भएको हो। 

सहमतिअनुसार भारतले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने छ । ‘हाल एकतर्फी रहेको ‘बी३४५’ काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन्। यस सम्बन्धमा मोडालिटीलाई अन्तिम रूप दिन तथा हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ’, संयुक्त विज्ञप्तिको बुँदा नम्बर ८ मा भनिएको छ।

नेपाललाई भैरहवा रुटको अनुमति दिएबापत भारतले पनि नेपालसँग बागडोग्रा एयरपोर्टका लागि हवाई रुट मागेको थियो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट