छोङछिङ : चीनको दक्षिणपूर्वी क्षेत्रमा पर्ने छोङछिङस्थित तिफेङ पर्वतमा प्राचीन जीवहरूको गतिविधि झल्काउने दुर्लभ जीवाश्म फेला परेको छ ।
तिफेङ पर्वतमा फेला परेका यी जीवाश्म चीनको छोङछिङ क्षेत्रमा पत्ता लागेको पहिलो ठुलो क्षेत्रफलको जुरासिक कालीन जीवाश्म स्थलका रूपमा पहिचान भएका छन् ।
प्राचीन जीवहरूले हिँड्दा, जमिनमुनि प्वाल बनाउँदा तथा खाना खोज्दा छाडेका पदचिह्न र अन्य गतिविधिका अवशेषलाई गतिविधिजन्य जीवाश्म भनिन्छ । वर्षौँको अनुसन्धानपछि वैज्ञानिकहरूले उक्त जीवाश्मलाई नयाँ प्रजातिका रूपमा पहिचान गरेका छन् । यसको औपचारिक नाम प्यालियोफाइकस तिफेङसानेंसिस राखिएको छ ।
यी जीवाश्मले प्रारम्भिक जुरासिक कालमा रहेका प्राचीन जीवहरूको जीवनशैली, गतिविधि र उनीहरू कसरी बाँच्थे भन्नेबारे जानकारी दिने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij