Logo

Nov 28 2026 | २०८३, मंसिर १३गते

वाग्मती सफाइ महाअभियानको ७०७औँ हप्तामा उत्तर वाहिनी क्षेत्रमा सरसफाइ

वाग्मती सफाइ महाअभियानको ७०७औँ हप्तामा उत्तर वाहिनी क्षेत्रमा सरसफाइ

काठमाडौं : ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानअन्तर्गत गोकर्णेश्वर क्षेत्रमा सफाइ गरिएको छ ।वाग्मती सफाइ महाअभियानको ७०७ औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–४ स्थित उत्तर वाहिनी क्षेत्रमा सफाइ गरिएको हो ।वाग्मती नदीको मुहान क्षेत्र नै प्रदुषित बन्न थालेपछि गोकर्णेश्वर क्षेत्रमा सफाइ गरिएको सफाइ महाअभियानले जनाएको छ । यहाँको वाग्मती किनार एव गोकर्णेश्वर महादेव मन्दिर वरपर सफाइ गरिएको महाअभियानका अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

सफाइमा काठमाडौँ महानगरपालिका–११ का वडा अध्यक्ष हिरालाल तन्डुकार, स्थानीयवासी, वाग्मती माथिल्लो सरसफाइ अभियान, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीको सहभागिता थियो ।वाग्मती सफाइ अभियानका क्रममा सफाइ अभियानकर्मी खगेन्द्र कार्कीको आज जन्मदिनको अवसरमा गोकर्ण ड्याम क्षेत्रस्थित वाग्मतीमा माछाका भुरा छोडियो भने गोकर्णेश्वर महादेव मन्दिर नजिक रुद्राक्षको बिरुवा रोपियो ।

वि.सं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । महाअभियान सुरु भएपछि काठमाडौँ उपत्यकामा यसका सहायक नदी, चक्रपथका विभिन्न खण्ड र विभिन्न सम्पदा क्षेत्रमा सफाइ गरिँदै आएको छ । यसैगरी काठमाडौँ उपत्यका बाहिर मुख्य नदी, सहर र सम्पदा स्थलमा पनि सफाइ अभियान सुरु भएको छ ।वाग्मती सफाइ महाअभियानकै प्रेरणाले हाल देशभर १११ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट