Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

यस्तो छ ‘एक्टर’को रोमान्टिक गीत ‘घर त तिम्रो काठमाडौँ...’

यस्तो छ ‘एक्टर’को रोमान्टिक गीत ‘घर त तिम्रो काठमाडौँ...’

काठमाडौँ : ‘एक्टर’ आगामी ४ माघबाट देशभर प्रदर्शनमा आउने फिल्मको हो । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा दोस्रो रोमान्टिक गीत ‘घर त तिम्रो काठमाडौँ, मेरो पोखरा’ सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गीतमा प्रिन्स थापा र शिवानी गिरीको अभिनय छ ।

रामचन्द्र काफ्ले र रश्मि उपाध्यायको स्वर रहेको गीतमा संगीत सम्राट थापाले दिएका छन् । प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन कथावस्तु रहेको फिल्मका निर्माता मनोहरी थापा हुन् । फिल्ममा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिबु शाह, निशा केसी भण्डारी लगायतका कलाकारको अभिनय छ । मदन घिमिरेको निर्देशन रहेको फिल्म नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।

https://youtu.be/5zZaGlJxXGs

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij