Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

अवैध रूपमा भित्र्याइँदै गरेको दुई बोरा पटका बरामद, तस्कर फरार

अवैध रूपमा भित्र्याइँदै गरेको दुई बोरा पटका बरामद, तस्कर फरार

झापा : भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको करिब एक लाख रुपैयाँ मूल्य बराबरको पटका झापामा बरामद गरिएको छ।

झापा गाउँपालिका–२ कुवाडीस्थित सीमा क्षेत्रबाट सोमबार बिहान दुई बोरा विभिन्न प्रकारका पटका बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल, बीओपी टाघन डुब्बाबाट खटिएको संयुक्त गस्ती टोलीलाई देखेपछि पटका बोकेर ल्याउँदै गरेका व्यक्ति बोरा छाडेर फरार भएका थिए।

सोमबार बिहान ४ः३५ बजे प्रहरी नायब निरीक्षक र सशस्त्र प्रहरी हवल्दारको कमाण्डमा खटिएको टोलीले ती बोरा फेला पारेको थियो। जाँच गर्दा दुई बोरामा विभिन्न किसिमका पटका भेटिएको प्रहरीले जनाएको छ।

बरामद पटका करिब एक लाख रुपैयाँ बराबरको रहेको र आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij