यही पुष २६ गते बाट प्रदर्शनमा आउने फिल्म ‘कासाङ’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा मुख्य- मुख्य पात्रहरुले गरेको संघर्ष लाई देखाईएको छ ।
शेर्पा समुदायको संस्कृतिमा नजिक रहेर निर्माण गरिएको फिल्मको ट्रेलरले झाँक्री विद्या, सामाजिक परम्परा, आर्थिक अभाव, र समाजको बहिष्कार जस्ता विषयवस्तुलाई समेटेको छ ।
यम शेर्पाको कथा तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङको मुख्य भूमिका रहेको चलचित्रमा सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, पवन कुमार गोले, अमृत शेर्पालगायत कलाकारको अभिनय रहेको छ ।
यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका छायांकार पुरुषोत्तम प्रधान जो निर्माता पनि हुन् ।सह निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पा छन् ।फिल्मलाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ ।
https://youtu.be/5JMcucWbNxs
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij