Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

लोकेन्द्र तामाङको 'कति राम्रो चालमाला' सार्वजनिक

लोकेन्द्र तामाङको 'कति राम्रो चालमाला' सार्वजनिक

रसुवा : रसुवा जिल्ला उत्तरगया गाउँपालिका–२ निवासी लोकेन्द्र तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली 'कति राम्रो चालमाला' सार्वजनिक गरेका छन् ।

गीत लोकेन्द्र तामाङको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ। रसुवाको प्राकृतिक सौन्दर्यता र सांस्कृतिक पक्षलाई उजागर गर्ने यस गीतले स्थानीय क्षेत्रको प्रचारप्रसारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

गीतमा हस्त तामाङ गोलेको शब्द र सङ्गीत रहेको छ। सङ्गीत निर्माता सञ्जीव बराइलीले गीतलाई उत्कृष्ट बनाएका छन् भने वाङच्यु फ्युबाको मिक्सिङ र मास्टरिङले गीतलाई थप कर्णप्रिय बनाएको छ। मदन रेग्मीले मादल, रत्न बि।के।ले बासुरी, र सञ्जीव बराइलीले गिटार तथा बन्जोमा सङ्गीत प्रदान गरेका छन्।

गीतको भिडियोमा लोकेन्द्र तामाङ र सृष्टि तामाङको उत्कृष्ट अभिनय देख्न सकिन्छ। निर्देशन वीरेन तितुङले गरेका हुन्। सिनेम्याटोग्राफी र ड्रोन सञ्चालनमा समेत वीरेनकै संलग्नता रहेको छ। भिडियो सम्पादन तथा रङ संयोजन अनिल कुमार महर्जनले गरेका छन् भने नयाँ पाना फिल्म्सले पोस्ट प्रोडक्सनको जिम्मेवारी पूरा गरेको छ।

41893d61-a8d2-44d5-813b-a90df93110d0

रसुवाको नगथालि क्षेत्रका रमणीय दृश्यलाई समेटिएको गीतले स्थानीय पर्यटन क्षेत्रको प्रवर्द्धनमा मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

https://youtu.be/4OfmhAe32Z0

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij