Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

दर्शकको रोजाईमा पर्दै ‘पोखरामा घाम लाग्यो घमाइलो’

दर्शकको रोजाईमा पर्दै ‘पोखरामा घाम लाग्यो घमाइलो’

‘पोखरामा घाम लाग्यो घमाइलो’ बोलको गीतलाई रुचाउने जमात बढ्दै गएको छ ।एक दिनअघि सार्वजनिक भएको यो गीतलाई सकारात्मक प्रतिक्रिया मिलिरहेको हो । ‘पोखरामा घाम लाग्यो घमाइलो’ बोलको गीतले यति बेला सामाजिक सञ्जाल फेसबुक रिल र टिकटकमा चर्चा कमाइरहेको छ ।

गायक जीवन दाहाल, राजन कार्की र पछिल्लो समयकी चर्चित गायिका शान्ता रानीको स्वर रहेको यस गीतको भिडियो पनि राम्रो बनेको दर्शकले प्रतिक्रिया दिएका छन् । गीतमा राजन कार्कीको शब्द र संगीत छ ।

गीतको भिडियोलाई राजन कार्कीले परिकल्पना गरेका छन् भने निर्देशन मनोहरि भण्डारीले गरेका छन् । भिडियोमा जीवन दाहाल, राजन कार्की, संगीता क्षेत्री, सपना क्षेत्री, महसुप क्षेत्री, वर्षा क्षेत्री, राजन सुवेदीलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

जीवन दाहाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सचिव हुन् भने राजन कार्की गण्डकी प्रदेश कमिटिका अध्यक्ष हुन् । दाहाल र कार्कीले यस भन्दा अगाडिको सहकार्य गरेको गीत ‘म त हजुर हङकङको लाहुरे’ लाई पनि दर्शकहरुले मन पराएका थिए ।

https://youtu.be/-2hv3O1zaWU

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij