काठमाडौँ : नयाँ पुस्ताका लोकप्रिय गीतकार अनिल खनालको नयाँ गीत ‘बिना स्वादै’ बजारमा आएको छ। लोकदोहोरी, आधुनिक, फिल्मसहित विभिन्न विधामा कलम चलाउँदै आएका युवा गीतकार खनालको अर्को गीत ‘बिना स्वदै’ डिजिटल प्लेटफर्म रामचन्द्र चन्द मार्फत सार्वजनिक भएको हो ।
खनालले शब्द कोरेको गीतमा रामचन्द्र चन्दको संगीत र स्वर रहेको गीत गोविन्द अनेकले ए रेन्ज गरेका हुन् । निर्देशक राज केसीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा रामचन्द्र चन्द, संरचना ठकुरी, रञ्जु ठकुरी, दुर्गा प्रसाद खरेल, प्रकाश बास्कोटा, सङ्गीता बास्कोटा, श्याम बास्कोटा लगायतको अभिनय रहेको छ ।
https://youtu.be/Lg0I-2V3PkI
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij