Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

थाहा फिल्म फेस्टिभलमा ‘सतिदेवी’सहित २० फिल्म देखाइने

थाहा फिल्म फेस्टिभलमा ‘सतिदेवी’सहित २० फिल्म देखाइने

काठमाडौँ : थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण यही पुस २८ गतेदेखि सुरु हुने भएको छ । तीन दिन चल्ने फेष्टिभलमा शर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसमेत गरि २० फिल्म प्रदर्शन हुनेछ । महोत्सवमा सहभागिताका लागि ४६ फिल्मले आवेदन दिएका थिए । जसबाट २० फिल्म छानिएको आयोजक थाहा कला केन्द्रले जनाएको हो ।

मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबाराहीमा आयोजना हुने यस महोत्सवमा ‘पखेटा’, ‘टुल्की’, ‘बाटो’, ‘लाखे’, ‘सतिदेवी’, ‘मोदिवेनी’ लगायतका फिचर फिल्म देखाइनेछ । सर्ट फिल्मतर्फ ‘बेली’, ‘अन्तवार्ता’, ‘द रोप अफ होप’, ‘निर्देश’, ‘दुई सय रुपैयाँ’, ‘खिल’ र डकुमेन्ट्रीतर्फ ‘हिउँ चितुवा’, ‘गल्र्स रिराइटिङ डेस्टिनी’लगायत रहेका छन् । महोत्सवमा फिल्म प्रदर्शनीसँगै ‘फिल्म समीक्षा’ र ’नेपाली फिल्मको विविधता’ जस्ता बिषयमा पनि छलफल हुनेछ । ‘पर्यटनका लागि चलचित्र’ नारासहित आयोजना हुने फेष्टिभले फिल्म मार्फत् आन्तरिक पर्यटनलाई जोड्ने लक्ष्य लिएको महोत्सव संयोजक प्रमोदकृष्ण जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij