नयाँ दिल्ली : जनवरी १० मा भारतीय बक्स अफिसमा दुई फिल्म रिलिज भए– दक्षिण भारतीय अभिनेता राम चरणको ‘गेम चेन्जर’ र बलिउड अभिनेता सोनु सूदको ‘फतेह’ । तर दुवै फिल्मबाट फ्यानहरूले जस्तो अपेक्षा गरेका थिए त्यस्तो भएन ।
राम चरणको गेम चेन्जर बक्स अफिसमा एकदमै सुस्त गतिमा अगाडि बढिरहेको छ । सेल्कनिकको तथ्याङ्क अनुसार फिल्मले रिलिजको पाँचौँ दिनमा १० करोड १९ लाख भारु मात्रै कमाएको छ । फिल्मले हिन्दी भेगमा करिब २ करोड ९४ लाख भारु कमाएको थियो । ४५० करोड रुपैयाँको बजेटमा बनेको यो फिल्मले रिलिज भएको पाँच दिनसम्म बक्स अफिसमा १०६ करोड १५ लाख भारु मात्रै सङ्कलन गरेको छ ।
पाँच दिन अगाडि रिलिज भएको सोनु सूदको फिल्म फतेहको बक्स अफिसमा स्थिति खराब छ । फिल्मले पाँचौँ दिनमा १ करोड ६० लाख भारु कमायो । फिल्मले बक्स अफिसमा अहिलेसम्म जम्मा ९ करोड ३० लाख भारु मात्रै कमाउन सकेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij