Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

ट्रेलरमा यस्तो देखियो ‘सारंग’

ट्रेलरमा यस्तो देखियो ‘सारंग’

काठमाडौँ : माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सारंग’ को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरले एक परिवारमा सम्बन्ध विच्छेदले निम्त्याउने कथा बोल्छ ।

चलचित्रको ट्रेलर बिहीबार ओस्कार कलेजका विद्यार्थीहरु माझ एक कार्यक्रम गर्दै देखाइएको पनि थियो । कार्यक्रममा विद्यार्थीहरु बिच चलचित्रको सुटिङ अनुभव साट्ने र विद्यार्थीहरुको जिज्ञासा मेट्ने कार्य गरिएको निर्देशक प्रशान्त तामाङले जानकारी दिए । निर्देशक प्रशान्त तामाङको लेखन, निर्माण अनि निर्देशनमा बनेको फिल्म बालमनोबिज्ञान, बालअधिकार, धनी–गरिब परिवारबिचको खाडलको यथार्थ कथा प्रस्तुत गरिएको बताइएको छ ।

फिल्ममा ऋचा शर्मा,उत्पल झा,समीरमणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,नीरज ब्ल्याक,विश्व स्याङ्बो,दीपिका थापा,सुमन सागर जङ्ग केसी,प्रभात श्रेष्ठका साथमा बालकलाकार द्वय सम्राट र आदित्य मुख्य भूमिकामा छन् । बाल मनोविज्ञान, बालअधिकार, धनी–गरिब परिवारबिचको खाडलको यथार्थ कथा प्रस्तुत गरिएको बताइने फिल्मको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको फिल्म गोपाल रायले खिचेका हुन् ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन मित्र डि गुरुङले गरेका हुन् । फिल्ममा शंकर थापा स्माइल र नकुल कार्कीको सङ्गीत,स्वास्वत श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक, सुष्मा राईको कोरियोग्राफी छ। फिल्मलाई देशभर स्टेसन ५ ले वितरण गर्दै छ ।

https://youtu.be/vooaliu1Hdw

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij