काठमाडौँ : २५ चैत्रदेखि प्रदर्शनमा आउने फिल्म ‘डोरी’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरले फिल्मको पात्र र कथावस्तुको झलक प्रस्तुत गरेको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन र राज थापा देखिएका छन् । पोस्टरको केन्द्रमा अभिनेत्री बराइलीलाई पारम्परिक पोसाकमा मुस्कानसहित देखाइएको छ, जसले फिल्मको सांस्कृतिक पृष्ठभूमिको सङ्केत गर्छ ।
पोस्टरमा मुख्यतः दुई पात्रहरूलाई विशेष रोचक ढङ्गले प्रस्तुत गरिएको छ—एक पात्रले हास्यव्यङ्ग्य झल्काउने भावमा छ भने अर्को पात्र अत्यन्त आक्रोशित मुद्रामा देखिन्छ । यसले कथावस्तुमा हास्य, सङ्घर्ष, र गम्भीर भावनाहरूको मिश्रण रहेको सङ्केत दिन्छ ।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । फिल्ममा वीरेन्द्र सिंह कुशवाहाको पनि अभिनय रहेको छ । फिल्मका निर्माता दिनेश भट्टराई हुन्, भने कार्यकारी निर्माताको रूपमा राज थापाले जिम्मेवारी सम्हालेका छन् । निर्देशक लामाका अनुसार फिल्मले कथावस्तु, अभिनय, र प्राविधिक पक्षमा नवीनता ल्याउनेछ
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij